किन चाहन्छन् ओली युवराज खतिवडाको निरन्तरता ?
१८ भदौं (काठमाण्डौं)
धेरैलाई चासो छ, पार्टीका उच्च नेताहरू रुष्ट हुने जोखिम उठाउँदै आखिर प्रधानमन्त्री किन उनलाई अर्थमन्त्रीमा निरन्तरता दिन चाहन्छन् ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका बुझाइमा केही विशेषताका कारण सरकारमा खतिवडाको उपस्थिति विशिष्ट छ।
खतिवडाबारे थापा उनी भन्छन्
नक्कली बहीखाता देखाएर राजस्व ठग्नेहरूलाई वास्तविक खाताका आधारमा कर तिर्ने वातावरण बनाउनु खतिवडाले गरेको सबैभन्दा ठूलो कुरा हो। उनीहरूको निम्ति उहाँ असह्य पात्र हुनुहुन्छ किन कि लुटको स्वर्गमा धावा बोले जस्तो भएको छ। राजस्वमाराहरू एकदम क्रुद्ध र आक्रोशित रूपमा उहाँविरूद्ध लागिपरेका छन्।
नीतिगत सबै कुराहरूमा ’इन्साइक्लोपेडिया’ जस्तै हो।
अर्थतन्त्रका चुनौती, सबलता र जटिलता सबै कुरा बुझेर चल्ने मान्छे हो।
उहाँ लोकप्रियता चाहने मान्छे होइन, सेलेब्रिटी बन्ने रहर गर्ने वा लोकप्रिय हुन सम्झौता गर्ने मान्छे होइन।
आफू, परिवार, पार्टी वा समूहलाई भन्दा पनि देशलाई हेरेर काम गर्ने मान्छे हो। विभिन्न क्षेत्रका स्वार्थ समूहहरूले घेरा हालेर उहाँबाट आफ्नो स्वार्थअनुरूप निर्णय गराउन सक्दैनन्। शेअरबजार र घरजग्गा कारोबारमा उहाँले गरेको हस्तक्षेप त्यसका उदाहरण हुन्।
थापा भन्छन्, “एकजना अर्थमन्त्रीले लगातार पाँचवटा बजेट प्रस्तुत गर्ने कुरा देशमा स्थिर र सबल सरकार, नीतिगत निरन्तरता अनि त्यसको प्रभावसँग जोडिन्छ जस्तो लाग्छ।“
तर अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको बजेट पार्टी घोषणापत्र र प्रतिबद्धताविपरीत रहेको भन्दै कैयौ सांसद र उच्च नेताहरूले चर्को असन्तुष्टि प्रकट गरेका थिए। बिबिसीबाट