काेराेना उपचार भवनकाे निर्माण अन्तिम चरणमा
सुदीप थापा, २३ बैशाख (धनगढी)
सेती प्रादेशिक अस्पताल नजिकै निर्माण सुरु गरिएको ५० शैयाको काेराेना सक्रमणका विरामीकाे उपचार उपचार गर्न निर्माणा सुरु गरिएकाे भवनकाे निर्माण कार्य अन्तिम चरणमा पुगेकाे छ ।
प्रि–फ्याव प्रविधिको उक्त भवन बैशाख ६ गते निर्माण सुरु भएकाे हाे । मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीले निर्माणकार्यमा संलग्न ठेकेदारलाई चाँडाेभन्दा चाँडो काम सक्न निर्देशन दिएका थिए । समयमै काम पुरा हुन लागेकाे सामाजिक विकास मन्त्री सुवेदीले बताए ।
सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका विरामी बढ्नसक्ने देखिएपछि प्रदेश सरकारले सेती र महाकाली प्रादेशिक अस्तालमा संक्रमित विरामीको उपचार गर्न बेग्लै भवन निर्माण गर्ने निर्णय गरेको थियो । प्रदेश सरकारलकाे बजेटमा जिल्ला स्वास्थ्य कार्यालयकाे भवनकाे निर्माण गरिरहेकाे हाे । भवनकाे बजेट ९४ लाख रहेकाे छ ।
