कार दुर्घटनामा परे प्रमोद खरेल
काठमाडौंबाट नेपालगञ्ज हुँदै दाङको तुलसीपुर जाने क्रममा बिहीबार बिहान १ बजे उनी कार दुर्घटनामा परेका हुन् । आफु कार दुर्घटनामा परेको गायक खरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
‘काठमाडौंमा रेकर्डिङ सकाएर हिजो साँझको फ्लाइट लिएर तुलसीपुर दाङको कार्यक्रमका लागि राती १ बजे होटल पुग्नु अगाडि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो’ उनले अगाडि लेखका छन्, ‘अर्ध निन्द्रा मै मेरो होस त्यहि गुमेछ । दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्रै झन्डै ४५ मिनेट पछि मेरो होस आएछ ।’ राती ४ बजे अस्पतालबाट डिस्चार्ज भएर काठमाडौं आएको समेत उल्लेख गरेका उनले अहिले आफु बेड रेष्टमा रहेको जनाएका छन् ।
आयोजकले चलाएको कार सडकको पर्खालमा ठोकिएर दुर्घटनामा परेको हो ।