काठमाण्डौंमा ‘बोलन्या थली’द्धारा कचौरा जुलुस, कहिले बन्छ पश्चिम सेती ? (फोटो फिचर)
११ माघ (काठमाण्डौं)
शनिबार कचौरामा पश्चिम सेतीको पानी राखेर ‘पश्चिम सेतीका लागि नागरिक अभियान बोलन्या थली धनगढी’ले निर्माणको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
सात सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने २२ वर्ष अघि निर्णय भए पनि अहिलेसम्म काम अघि बढेको छैन । ‘आश्वासन अति भो, धैर्य गर्ने कति हो?, आश्वासनका २२ वर्ष पश्चिम सेती कहिले बन्छ?, हिजो आशा मर्यो, आज जवानी मर्दैछ, भोलि सपना मर्नेछलगायत नारासहित कचौरा लिएर माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो ।
आयोजना बनाउन १६ वर्षसम्म अष्ट्रेलियाको स्नोइ माउन्टेन कर्पोरेशन समेक र पाँच वर्ष चिनियाँ कम्पनी थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशनले जिम्मेवारी लिए पनि काम अघि बढेको छैन । सेतोपाटीबाट