काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेदवार  बालेन को अग्रता कायमै

काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन को अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन को अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८६९७ मतले अघि रहेका छन् । पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १८०१६ मत प्राप्त गर्दा स्थापितले ९३१९ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८३७२ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।