कपिलवस्तुको महाराजगन्जमा कांग्रेसकी उपमेयर उम्मेदवारको निधन

कपिलवस्तुको महाराजगन्जमा कांग्रेसकी उपमेयर उम्मेदवारको निधन

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपप्रमुख उम्मेदवार शुभावती कुर्मीको सोमबार राति निधन भएको छ ।

निवर्तमान उपप्रमुख समेत रहेकी उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा गए राति १ बजेतिर मृत्यु भएको हो । उनको हृदयघातका कारण निधन भएको बताइएको छ । उम्मेदवारको निधन भएपछि महाराजगञ्ज नगरपालिकाको मंगलबारको निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले बताएकि छन् । निर्वाचन आयोगबाट अर्को निर्वाचनका कार्यक्रम प्रकाशित भएपछि चुनावका प्रक्रियाअघि बढने उनले बताएकि छन् ।