ओली र गौतमको सम्बन्ध कस्तो छ?
१८ भदौं (काठमाण्डौं)
तत्कालीन नेकपा एमालेमा लामो समय पार्टीभित्र विपक्षीको जस्तो भूमिकामा रहेका ओलीलाई पार्टी र सरकारको प्रमुख बन्ने वातावरण बनाउन गौतमले निर्णायक भूमिका निर्वाह गरेको नेकपाभित्रै ठानिन्छ।
तर त्यसको “गुन तिर्न छाडेर“ ओलीले धोका मात्र दिएको गौतम निकटस्थहरूको बुझाइ पाइन्छ। पछिल्लो प्रकरणलाई पनि उनीहरूले त्यसैसँग जोडेर हेर्छन्।
तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई संसदीय दलको नेतामा परास्त गर्न ओलीलाई गौतमले साथ दिएका थिए।
पार्टी महाधिवेशनमा खनालको सहयोगप्राप्त अर्का नेता माधवकुमार नेपाललाई अध्यक्षमा झिनो मतले हराएका ओलीका निम्ति गौतमकै काँध दरिलो सावित भएको ठानिन्छ।
दशकौँदेखि नेता गौतमसँग राजनीतिक रूपले निकट पूर्वमन्त्री हरि पराजुली काठमाण्डूको गौशालामा त्यस बेला भएको केन्द्रीय नेता र अगुवा कार्यकर्ताहरूको भेलामा एक जना अध्यक्ष र एक जना प्रधानमन्त्री बन्ने घोषणा ओलीले गरेको बताउँछन्।
उनले भने, “त्यो कुनै गोप्य कुरा होइन, सार्वजनिक कुरा हो।“ बिविसीबाट