एसएसपी सौरभ राणा निलम्बित

एसएसपी सौरभ राणा निलम्बित

१७ माघ, (काठमाडौं)
गृह मन्त्रालयले संघीय प्रहरी इकाइ धरानमा कार्यरत नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणा निलम्बन गरेको छ । राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेको थियो ।
मन्त्रालयले एसएसपी राणालाई निलम्बन गरेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) शैलेश थापा क्षेत्रीले पुष्टि गरे । गत कात्तिकमा धरानकी एक महिलाले राणाविरुद्ध गृह मन्त्रालयमा उजुरी दिएकी थिइन् ।