एमसीसीमा दुई पक्षका यस्ता छन् फरकफरक धारणा

१० असार (काठमाण्डौं)
सत्तारूढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सँगको सम्झौताका सम्बन्धमा मत नमिलेपछि बुधबार सुरु हुने स्थायी कमिटी बैठकमा यो विषय थप गिजोलिने देखिएको छ ।
अध्यक्षद्वयबीच मुख्यतस् एमसीसीको विषयमै ठोस धारणा नबनेकाले उनीहरू औपचारिक राजनीतिक प्रतिवेदनबिनै बैठकमा प्रस्तुत हुँदै छन् । नेकपामा बैठकअघि अध्यक्षहरूले छलफलका लागि एजेन्डा र राजनीतिक प्रतिवेदन पेस गर्ने परम्परा छ । तर पार्टीभित्रै विवादित बनिरहेको एमसीसी सम्झौताबारे के धारणा पेस गर्ने भन्नेमा अध्यक्षद्वयकै मत नमिलेपछि मंगलबार रातिसम्म उनीहरूले प्रतिवेदन बनाउन सकेनन् ।
बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । यसअघि गत वैशाख २५ गतेका लागि बोलाइएको बैठक अध्यक्षद्वयले राजनीतिक प्रतिवेदन तयार पार्न नसकेको भन्दै स्थगन गरिएको थियो । दुबै अध्यक्ष पक्षका यस्ता छन् फरकफरक धारणा-