एफएमडिसीको छैटौँ अधिवेशन सम्पन्न

एफएमडिसीको छैटौँ अधिवेशन सम्पन्न

१२ पुस (धनगढी)
विकास र सामाजिक परिवर्तनका लागि सञ्चार (एफएमडिसी) को १८औँ स्थापना दिवस तथा छैटौँ अबिधवेशन शनिबार धनगढीमा सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले नेपालको झण्डा फहराएर कार्यक्रमको उद्घाटन गरेका उक्त कार्यक्रममा मन्त्री सुबेदीले नागरिक संस्थाहरुले नागरिकहरुलाई मानवअधिकारको बारेमा सिकाएजस्तै कर्तव्यको बारेमा पनि सिकाउन जरुरी रहेको बताए ।
एफएमडीसीका कार्यकारी निर्देशक उमीद बागचन्दले एफएमडीसीले आमनागरिकको सरकारी सेवा सुविधामा पहुँच बढाउन र जनताप्रति सरकारी निकायलाई उत्तरदायी र जवाफदेही बनाउने कार्यक्रम संचालन गरिरहेको बताए । उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिकाकानगर प्रमुख नृपबहादुर वडले धनगढी नगरपालिकालाई नागरिकतालगायतमुख्य घटना दर्ता र आमनागरिकको सरकारी सेवा सुविधामापहुँच बढाउन र जनताप्रति सरकारी निकायलाई उत्तरदायी र जवाफदेहीबनाउन सहयोग गरेको बताए । गौरीगंगाका नगरप्रमुख भिम बहादु देउवाले एफएमडिसीले जनप्रतिनिधीको कर्तव्य र नागरिकको कर्तव्य बारे समेत बुझाएर समग्र गौरीगंगाको विकासमा महत्वपुर्ण भुमिका खेलेको बताए ।
गौरीगंगाकै उप–प्रमुखअञ्चला चौधरीले गौरीगंगानगरपालिका एफएमडीसीसंग मिलेर मानवअधिकार र सुचनाको हक सवालमा काम भइरहेको बताइन् । अधिवेशनबाट
नयाँ कार्यसमिति चयन भएको छ । अध्यक्षमा नबिन सिलाधर
यस्तै उपाध्यक्षमानिर्मलाबागचन्द, सहासचिवमाशिबराज सेठी, कोषाध्यक्षमाआरतीबिसीचयनभएका छन् भने सदस्यमा रमा भट्टराई, क्रिषिकेश जैरु, बसन्तीचौधरी, प्रेम सिंह विक र विवेक नागरी चयनभएका छन् ।