एक मधेश एक प्रदेश हुन्नः गच्छदार
९ कार्तिक (काडमाण्डौं)
“म भन्दा ठूलो पार्टी हो। पार्टीभन्दा ठूलो मधेश हो। मधेशभन्दा ठूलो मेरो देश भएकाले यसलाई विभाजन गरेर मुलुकले समृद्धि हासिल गर्न सक्दैन ।” मधेशी नेता तथा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले देशमा ‘एक मधेश एक प्रदेश’मा जान नहुने बताएका छन् ।
गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन एवं नेपाली कांगेसबाट गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले संयुक्तरूपमा आयोजना गरेको शुभ दीपावली, नेपाल संवत् ११४० एवं छठ पर्व २०७६ को अवसरमा आज आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा’ कांग्रेसका उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने बताएका हुन्।
आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्छ भनी यस पार्टीमा लागि परेको गच्छदारको भनाइ छ ।