एक खर्ब बढी हीराका बहुमूल्य गहना चोरी

एक खर्ब बढी हीराका बहुमूल्य गहना चोरी

१० मंसिर (काठमाण्डौं)
पूर्वी जर्मनीस्थित एउटा विश्वप्रसिद्ध सङ्ग्रहालयबाट बहुमूल्य गहनाहरू चोरी भएका छन् । ड्रेस्डेन ग्रीन भल्टमा गहना चोरी भएपछि प्रहरीले अनुसन्धान र खोजी कार्य तीव्र पारेको छ ।
सोमवार बिहानै चोरहरू उक्त सङ्ग्रहालयको झ्याल फुटाएर भित्र पसी अठारौँ शताब्दीमा निर्मित तीनवटा हीरा, नीलमणि र अन्य पत्थरजडित गहना चोरेका थिए ।
त्यो सङ्ग्रहालयका निर्देशकले ती गहनाको मूल्य तोक्नै नसकिने बताउँदै तिनको ठूलो सांस्कृतिक मूल्य भएको बताएका छन् ।ती गहनालाई टुक्र्याएर बेचिन सक्ने अधिकारीहरू चिन्ता छ ।
प्रहरीले एक सन्दिग्ध व्यक्ति सुरक्षा क्यामराले खिचेको भिडिओमा देखिएको बताएको छ। तर अझै पनि कोही पक्राउ परेका छैनन् ।
के के चोरी भयो ?
ड्रेस्डेन ग्रीन भल्ट उक्त सुरक्षित स्थानबाट चोरी भएका प्रत्येक गहनामा ३७ वटा भाग छन् ।
एकाबिहानै चोरहरू त्यहाँ कसरी पुगे भन्ने विषयमा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । ड्रेस्डेन कला सग्रहालयका प्रमुख म्यारिअन एकेर्मनले भनिन्, “दशमध्ये हीराका गहनाका तीन थान हराएका छन् । एकेर्मनले चोरी भएका गहनाको मूल्य तोक्न नसकिने बताइन् ।
तर जर्मन पत्रिका बिल्डको अनुमानमा तिनको मूल्य करिब एक अर्ब युरो (अर्थात् १२६ अर्ब रुपैयाँ) जति हुन सक्छ।
चोर कसरी पसे ?
बहुमूल्य गहना चोर्न सङ्ग्रहालयभित्र पसेका चोरहरू अझै फरार छन्। चोरी सङ्ग्रहालयको पहिलो तल्लामा भएको थियो।
उनीहरूले त्यहाँको झ्यालको फलामको ग्रिलको सानो भागलाई निकालेर सिसा फुटाउँदै भित्र पसेको बताइएको छ
घटना स्थानीय समयानुसार सोमवार बिहान ५ बजेतिर भएको हो ।
ठिक त्यति नै बेला नजिकैको बिजुलीको जङ्क्शन बक्समा लागेको आगो निभाउन दमकल बोलाइएको थियो । त्यो आगलागीका कारण सङ्ग्रहालयको आपत्कालीन सूचना दिने अलार्मले काम नगरेको हुन सक्ने ठानिएको छ । बिबिसीबाट