एकै दिन ६७१ मा संक्रमण, नेपालमा तिब्र गतिमा फैलिदै संक्रमण
४ असार (काठमाण्डौ)
२४ घण्टामा ५,७४६ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । दैनिक रुपमा सयौंको संख्याले बृद्धि भइरहेको संक्रमण दर नेपालमा पनि भयावह बन्न थालेको विज्ञहरुको भनाई छ । यो संख्या हालसम्मकै उच्च हो ।
बिहीवार अपरान्ह्रसम्म देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् । ती मध्ये १,१८६ जना निको भएका र २२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रदेश नं २ र ५ मा सर्वाधिक संख्यामा कोरोना संक्रमणका व्यक्ति भेटिएका हुन् । बुधबार ५८६ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार ३८० जनामा संक्रमाण् देखिएको थियो ।