एउटा विरुवा जोगाए पाँच किलो चामल

एउटा विरुवा जोगाए पाँच किलो चामल

११ फागुन (बाजुरा)
बाजुराको हिमाली गाँउपालिकाले एक विरुवा बचाउने कृषकलाई पाँच किलो चामल दिने योजना अघि बढाएको छ । गरिबी न्युनिकरणका गर्न खाद्य सुरक्षा कार्यक्रम लागु गर्दै गाउँपालिकाले स्थानीय कृषकहरु आत्मनिर्भर बनाउने योजना योजना अघि बढाएको हो ।
खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत गाँउपालिकाले प्रत्येक वडाका कृषकहरुलाई यस बर्ष ५० हजार २ सय ८१ फलफुलका विरुवाहरु वितरण गर्ने जनाएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले बताए । कृषकहरुलाई १२ हजार ९ सय १४ दाँते ओखरका विरुवाहरु उपलब्ध गराउन कृषि शाखालाई जिम्मेवारी दिएको कृषि शाखा हिमाली प्रमुख तोपबहादुर शाहीले जानकारी दिएका छन् ।
यसअघि गाँउपालिकाले २३ हजार २ सय ८४ उन्नत जातका स्याउका विरुवाहरु वितरण गरेर गाँउपालिकाको सहयोगमा किसानहरुले रोपी सकेको प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर शाहीले बताए । छोटो समयमै फलफुल खेतीबाट हिमाली गाउँपालिकाकाले स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले अहिले फलफूलका विरुवा रोप्ने अभियान सञ्चालन गरिरहेको उनले बताए । गाउँपालिकाले ७ नम्बर वडासम्मका किसानलाई दाँते ओखर, उन्नत जातको स्याउ, सुन्तला, कागती, आँप र अनारलगायतका विरुवाहरु वितरण गर्ने कार्य भइरहेको बताइएको छ ।
आर्थिक बर्ष २०७६÷७७ का लागि खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत हिमाली गाँउपालिकाले ५० लाख रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । गाँउपालिकाले पाँच बर्षभित्र गाउँपालिकालाई हरियाली बनाउनुका साथै फलफूल खेतीतर्फ आत्मनिर्भर तथा स्वरोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले खाद्य सुरक्षा कार्यक्रम अन्र्तगत फलफुलका विरुवा रोप्ने कार्य अघि बढेको छ ।
गाउँपालिकामा खेतीयोग्य जमिन न्यून छ । भिरालो जमिनको उपयोग गर्न फलफुल खेतिबाटै स्थानयिलाई आत्मनिर्भर बनाउने योजना बनाइरहेको छ । विदेशिने युवालाई गाउँघरमा रोजगारीको अवसर प्रदान गर्न गरीबी न्युनिकरण गर्न प्रयास गरेको गाँउपालिकाले जानएको छ ।
गाउँपालिकाले हाल दाँते ओखरका विरुवा हिमालयन अर्गानिक ओलिभ्स फार्म एण्ड रिसर्च सेन्टर प्रालिबाट खरिद गरेर वितरण गरेको प्रालिका ब्यवस्थापक रोशन शाहीले जानकारी दिए । उनले गाउँपालिकाले १२ हजार ९ सय १४ ओखर, २३ हजार २ सय ८४ स्याउ, ७ सय ८४ बोट आँप, ६ हजार १ सय ७० बोट अनार, ३ हजार २ सय ३२ बोट अनार र ३ हजार ९ सय १० बोट अन्य जंगली विरुवाहरु वितरण गरेको जनाएको छ ।