उर्लियो बुढीगंगा, बाजुरामा बेहाल
उत्तम थापा, २६ साउन (धनगढी)
बुढीगंगा नदी उर्लिएपछि बाजुरामा नदी तटिय क्षेत्रको जनजीवन तहसनहस भएको छ । एक महिला बेपत्ता भएकी छिन् भने एक दर्जन झोलुंगे पुलहरु बगाएको प्रारम्भिक खबर छ ।
बडिमालिका नगरपालिका २ अन्तर्गत सदरमुकाम नजिकै घाँघर गाउँमा नदी पस्दा ६५ बर्षीया अइसेनी महत बेपत्ता भएकि छिन् । उनी बडिमालिका नगरको वडा नम्बर २ का वडाध्यक्ष डम्मर महतकी आमा हुन् । यस्तै जडांगामा रहेको बेलिब्रिज पनि बगेको छ । क्षतिको विस्तृत विवरण आएको छैन । तस्विरहरु सामाजिक सञ्जालबाट