उनको चौकीदारी गर्ने धोको पनि पुरा हुन पाएन
१३ फागुन (अछाम)
श्रीमती र दुई छोराछोरीसहित भारतमा चौकीदारी गर्न जादै गरेका अछामको ढकारी गाँउपालिका–३ ताली गाउँका ५५ बर्षीय राम नेपालीको मंगलबार जिप दुर्घटनामा परेर मृत्यु भएको छ । कमलबजार नगरपालिका ६ मा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ नेपालीको मृत्यु भएको हो । उनकी श्रीमती र छोराछोरी घाइते भएका छन् । श्रीमतीको अवस्था गम्भिर छ । जिपमा सवार अन्य १३ जना पनि घाईते भएका छन् । घाईतेलाई उपचार जिल्ला अस्पताल अछाममा भइरहेको छ ।
जिप ढकारी गाउँपालिकाबाट मंगलसेन आउँदै थियो । घाइते हुनेहरुमा पारु नेपाली, धनसरा नेपाली (बालिका), उज्जले नेपाली (बालक), ६२ बर्षिय पहराम बुढा, साँफेबगरका २५ बर्षिय मुकेश सुनार, कमलबजार नगरपालिका ५ कुईकाका पार्वती गुरुगं, ढकारी ६ का टिका सुर्जी, पार्वती सुर्जी, ढकारी १ का तपेन्द्र बुढा, चालक लली नेपाली, कैलाली बौनियाँका खकेन्द्र सुनार, पारश सुनार रहेका छन् ।