इन्धनको मुल्य बढेको बढ्यै

इन्धनको मुल्य बढेको बढ्यै

३ पुस (काठमाडौं) सरकारले दुई साताको अवधिमा दुई पटक मुल्य बढाएको छ । मंसिर १६ गते मुल्य बढाएको नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ । निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले डिजेल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु एकले वृद्धि गरी मूल्य समायोजन गरिएको जानकारी दिए ।
उनले पेट्रोलियम पदार्थको नयाँ अन्तर्रा्ष्ट्रिय बजार मूल्य बढेकाले नेपालमा पनि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्य्विधि, २०७१ अनुसार मूल्य बढाइएको जानकारी दिए । निगमले डिजेल र मट्टीतेलको खुद्रा मूल्य वृद्धि गरे पनि पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य भने यथावत नै राखिएको उनले जानकारी दिए ।