आवश्यक परे देशभरि कर्णालीको कदम चल्न सक्छ : भीम रावल

आवश्यक परे देशभरि कर्णालीको कदम चल्न सक्छ : भीम रावल

काठमाण्डौँ, ४ बैशाख । नेकपा एमालेका नेता भीम रावलले कर्णाली प्रदेशमा एमालेका प्रदेश सांसदहरूले आफ्नो स्वार्थका लागि नभई पार्टीको स्वाधीनता र एकताका लागि ह्वीप उल्लंघन गरेको बताएका छन्।

धनगढीमा आयोजित शनिबार एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘पार्टी जोगाउनका लागि, पार्टीमा विधान र अनुशासनमाथि मनपरी गर्ने कुराको विरुद्धमा  त्यहाँका साथीहरूले साथ दिएका हुन्,’ उनले भने। नेता रावलले यस्तो कर्णालीमा मात्र हैन अन्यत्र पनि देखिन सक्ने चेतावनी दिएका छन्।

‘आवश्यक परे सुदूरपश्चिमले पनि यस्तो कदम चाल्नसक्छ, पूर्वले पनि चाल्न सक्छ, देशभर त्यस्तो हुनसक्छ,’ उनले भने। उनले माधव नेपाल पक्ष एमाले रक्षाका लागि अगाडि बढेका योद्धा, सिपाही भएको दाबी गरे। ‘कार्यकर्तालाई मनपरी निकाल्न खोज्यो भने यस्तो कदम चाल्न सक्छौं,’ उनले भने। कर्णालीमा मुख्यमन्त्रीलाई प्रधानमन्त्री केपी ओलीले प्रमुख सतेचक हटाउने वा राख्ने विषयमा एकलौटी निर्देशन दिँदै पत्र पठाएदेखि नै यसको बिऊ रोपिएको उनले बताए।


रावलले त्यो बिऊ अहिले ‘उम्रियो, ठूलो भयो र फल झरेको’ बताए।