आन्तरिक पर्यटन विकासमा महोत्सव
२३ कार्तिक (बैतडी ) उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले आन्तरिक पर्यटन प्रवर्धन तथा भ्रमण वर्ष सफल पार्न स्थानीय तहमा हुने महोत्सवको महत्वपुर्ण भुमिका रहने बताएको छिन् । उनले पर्यटन क्षेत्रको विकासको लागि बैतडीको पाँच स्थानमा पर्यटकिय सडकको प्रकृया अगाडी बढाइएको बताएको छिन् । बैतडीको पञ्चेश्वर गाउँपालिकामा जारी राष्ट्र निर्माण महामहोत्सवमा शनिबार प्रमुख अतिथी रहेकी भट्टले औद्योगिक ग्रामसमेत स्थापनाको तयारी रहेको जानकारी गराइन् । सुदूरपश्चिममा थुप्रै धार्मिक तथा पर्यटकियस्थल रहेका भएपनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको बताउदैं उनले समग्र बैतडीको विकासको लागी आफू लागिपरेको दोहोर्याइन्। पर्यटनमन्त्री भटट्लाई गाउँपालिका अध्यक्ष गोरखवहादुर चन्दले पञ्चेश्वरमा हुन सक्ने औद्योगिक क्षेत्रको नाम र गाउँपालिकभित्र रहेका धार्मिक पर्यटकिय क्षेत्रको विकासका लागी बजेट विनियोजित, गापामा रहेका सामुदायिक वनको संक्षण सम्र्वद्धनको लागी ७ दिने माग सहितको ज्ञापनपत्र बुझाउनुएका थिए । समग्र पञ्चेश्वर गापाको विकासको लागि र गापा भित्र रहेका धार्मिक पर्यटकिय क्षेत्रको विकास एवम प्रचारप्रसारका लागि र यि क्षेत्रलाई केन्द्रीय सरकार र प्रदेश सरकारको ध्यानाकर्षण गर्नका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए ।