आजदेखि जाली गाउँमा माघी महोत्सव
सुदीप थापा, २९ पुस (धनगढी)
अयोजनमा धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँमा मंगलबारदेखि माघी महोत्सव सुरु हुने भएको छ । त्यसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको न्यु उपदेश युवा क्लवले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश उद्योग, वन वतावरण तथा पर्यटन मन्त्री माया भट्टले गर्ने कार्यक्रम रहेको आयोजक उपदेश युवा क्लवका अध्यक्ष श्रवण देउवाले जानकारी दिए । महोत्सवमा भलमन्सा चयन खोज्नीबोज्ने, पेलान्टी सुटआउट फुटवल प्रतियोगिता, थारु समुदायकाकला संस्कृतीको प्रदर्शनी, माघी स्नान, थारु समुदायका खानपानका परिकाहरु, थारु समुदायको सकिया नाच लगाएतका कार्यक्रमहरु रहेको जानकारी दिइएको छ । ४० वटा स्टल रहेको महोत्सवमा बिशिष्ठ अतिथी सुदूरपश्चिम प्रदेश सभाका सदस्य डिल्लीराज पन्त तथा धनगढी उपमहानरपालिकाकी उपमेयर सुशिला मिश्र भट्ट रहने आयोजक समितिका संयोजक बेदप्रशाद चौधरीले जानकारी दिए । महोत्सव पुस २९ देखीमाघ ३ गतेसम्म सञ्चालन हुनेछ । त्यसक्रममा पेनाल्सी सुटआउट प्रतियोगिता, माघे संक्रान्तिमा कुण्ड स्नानको व्यवस्था, पुजापाठ तथा भजन कृतनसमतेत हुनेछन् । माघ ३ गते भलमन्सा चयन गर्ने कार्यक्रम रहेको छ । महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीयकलाकारहरुको प्रस्तुती रहने आयोजकले बताए ।