अलपत्र भारतीयलाई सशस्त्र प्रहरीद्धारा व्यवस्थापना

अलपत्र भारतीयलाई सशस्त्र प्रहरीद्धारा व्यवस्थापना

१८ चैत (धनगढी)
लकडाउनपछि सीमा नाका भएकाले घर फर्किन नपाएर अलपत्र परेका भारतीय मजदुरहरुलाई कैलाली जिल्ला प्रशासन कार्यालय, धनगढी उपमहानगरपालिका र धनगढीस्थित सशस्त्र प्रहरीको गण नम्बर ३४ काे समन्वयमा धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयमा व्यवस्पापन गरेको छ ।
डडेलधुरा कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा काम गर्दै आएका २० जना भारतीय मजदुरहरुलाई धनगढीको सीमा नाकाबाट फर्काएर त्रिरनगरमा क्वारेन्टाइनमा राखिएको गणपति एसपी कमल तिमिल्सिनाले बताए । एसपी तिमिल्सिनाका अनुसार दुबै देशका सीमा सुरक्षा अधिकारीहरुको समन्वयमा उता भारतीय सीमातर्फ अलपत्र परेका ४० जनालाई भारतीय सीमा सुरक्षा बल एएसबीले पलियामा यसैगरि व्यवस्थापन गरेको छ ।