अर्को बैठकको मिति तोक्दै सकियो सचिवालयको बैठक

अर्को बैठकको मिति तोक्दै सकियो सचिवालयको बैठक

१७ बैशाख (काठमाण्डौं)
साँझ ५ बजे सुरु भएको बहुप्रतिक्षित नेकपा सचिवालयको बैठक बेलुका ९ बजे सकिएको छ । बैठकले अर्को बैठक आउँदो २० गते बस्ने निर्णय गरेको छ ।
‘स्थायी समितिको बैठकको माग भएको बिषयमा पनि छलफल भयो’ बैठकपछि पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठले भने, ‘त्यस बिषय लगायत अन्य बिषयहरुमा अर्को बैठकले आबश्यक निर्णय गर्ने छ ।’ उनले बैठकमा पार्टी भित्रको आन्तरिक समस्या, एकतालाई सुदृढ बनाउने बिषय, सरकारका कामलाई प्रभावकारी बनाउने सन्दर्भ र केहीले मागेको स्थाई कमिटीको बैठकको बारेमा तथा यी सवालहरुसंग जोडिएका विषयमा गंभिर बिमर्श भएको पनि श्रेष्ठले जानकारी दिए ।
‘अर्को बैठकसम्मको अवधिमा पार्टी नेतृत्वले अनौपचारिक रुपमा छलफल र संवादको प्रक्रिया अगाडि बढाउने छ’ उनले भने, ‘त्यस्ता छलफलहरुले निश्कर्षमा पुग्न मद्दत गर्ने विश्वास छ ।’