अमिताभका बाबुछोरालाई कोरोना
२८ असार (काठमाण्डौं)
बलिवुडका महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ । अमिताभले आफै ट्वीट गरेर आफुलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।
साथै अमिताभले पछिल्लो १० दिनमा आफुसंग सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न अनुरोध समेत गरेका छन् ।
साथै अभिषेक बच्चनले समेत आफ्नो रिपोर्ट पनि पोजेटिभ आएको बताएका छन् । अभिषेकले आफु र आफ्नो पितामा सामान्य लक्षण देखिएको बताउदै आफु पनि अहिले अस्पताल भर्ना भएको बताएका छन् ।
त्यस्तै अमिताभले आफु अहिले अस्पतालमा सरेको जानकारी दिदै सरकारी अधिकारीहरुलाई पनि यस बारेमा जानकारी दिएको बताएका छन् । उनले आफ्नो परिवार र अन्य सहयोगीको समेत टेस्ट भइरहेको बताएका छन् ।