अब महेन्द्रनगर झन् सुन्दर

अब महेन्द्रनगर झन् सुन्दर

९ पुस (महेन्द्रनगर)
एसियाली विकास बैंकको एकिकृत क्षेत्रिय सहरी विकास आयोजना अन्तर्गत भीमदत्त नगरपालिकामा अबको २ वर्षमा साढे ३६ किमि कालोपत्रे सडक निर्माण हुदैछ । नयाँ सडकले महेन्द्रनगरको रुप फेरिने छ ।
दुई लेनका फराकिला सडक । दुवैतर्फ फुटपाथ र नाली पनि । दुवैतर्फ सडक बत्ती र वृक्षरोपणले झनै आकर्षक । अबको दुई वर्ष्भित्र महेन्द्रनगरको मुख्य बजार क्षेत्रका सडकहरू यस्तै हुनेछन् । जसले बजारको स्वरुप नै फेरिने छ ।
सडकसँगै एकिकृत फोहोर मैला व्यवस्थापन केन्द्र, पनि हुनेछ ।
महेन्द्रनगरमा ३ वर्षदेखि सहरी विकास तथा भवन निर्माण विभाग संघीय योजना कार्यान्वयन एकाइ धनगढीको सघन सहरी विकास कार्यक्रमअन्तर्गत धमाधम सडक पूर्वाधार निर्माण भइरहेको छ । उक्त सडक पनि दुवैतर्फ ड्रेनसहितको छ । उक्त कार्यक्रमअन्तर्गत महेन्द्रनगर बजार तथा आसपासका क्षेत्रमा करिब ५५ किमि कालोपत्रे सडक निर्माण भइरहेको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत ३ प्याकेजमा काम भइरहेको छ ।
पहिलो प्याकेजअन्तर्गतको ४६ किमि सडक कालोपत्रेको काम अन्तिम चरणमा छ । दोस्रो प्याकेजअन्तर्गत पनि ८ किमि सडक कालोपत्रेको काम चलिरहेको छ । यसैगरि तेस्रो प्याकेजअन्तर्गत १ किमि सडक कालोपत्रे भइरहेको छ । तीन वटै योजनाका लागि ५७ करोडमा ठेक्का भएको हो । ‘यो आवभित्रै सबै काम सकिनेछ,’ एकाइका इन्जिनियर मोहनराज अवस्थीले भने ।