अब बाजुराको अग्र्यानिक सिमी धनगढीमा
२९ माघ (धनगढी)
कृषि ज्ञान केन्द्र बाजुराको व्यवस्थापन सहयोगमा बाजुरामा उत्पादित अग्र्यानिक सिमी धनगढी लगायतका बजारमा उपलब्ध हुने भएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान र गौमुल गाउँपालिकाको कृषि विकास शाखाको प्याकेजिङ्ग सहयोग र सहकार्यमा समुह तथा सहकारी मार्फत गौमुल गाउँपालिकामा उत्पादित ६५ क्वीन्टल र बाजुराको कोल्टी क्षेत्रमा उत्पादित १० क्वीन्टल गरी ७५ क्वीन्टल अग्र्यानिक सिमी बाजुरा कोसेलीघर मार्फत मार्तडी सदरमुकाम लगायत देशका प्रमुख शहरहरुमा बिक्रि गर्ने व्यवस्था मिलाइएको छ ।
यसबाट उपभोक्ताले सस्तोमा किन्न पाउने ज्ञान केन्द्रले जनाएको छ । यसअघि मार्तडीमा सिमीको प्रति किलो १८० देखि २०० तिर्नु परेको अवस्थामा सिमीको अब प्रति किलो थोक मुल्य १५० र खुद्रा मुल्य १५५ कायम गरिएको छ ।