अप्ठेरो परे सम्पर्क गर्न मन्त्रालयकाे आग्रह
सुदीप थापा, १७ चैत (धनगढी)
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले हाल विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि लकडाउनको अवस्था रहेकाले कृषकले उत्पादन गरेका पशुपंक्षी तथा अन्य कृषिजन्य वस्तुहरु तरकारी फलफुल दुध अण्डालगायत ओसारपसार गर्न अप्ठेरो परेको अवस्थामा जानकारी गर्न मन्त्रालयले अनुरोध गरेको छ । साथै मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै कृषिजन्य उपकरण तथा ढुवानीका साधनहरु ओसारपसार गर्न आवश्यक सहजीकरण गर्न भनेको छ ।
