अन्तरिम आदेश नदिएकाले सर्वोच्चसँग शंका थियो : सभापति देउवा

अन्तरिम आदेश नदिएकाले सर्वोच्चसँग शंका थियो : सभापति देउवा

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च फैसलाले प्रजातन्त्रको जित भएको बताउनुभएको छ । सर्वोच्चले सुरुमा प्रतिनिधि सभा विघटनको मुद्दामाअन्तरिम आदेश दिएको थिएन, जसका कारण हामीहरु फैसला नभएसम्म आफुहरु शंकामा नै थियौँ, उहाँले भन्नुभयो ।

महेन्द्रनारायण निधिको ९९ औं जन्मजयन्तीका अवसरमा काठमाडौंमा बुधबार भएको कार्यक्रममा सभापति देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा माग भएअनुसार अन्तरिम आदेश नदिएपछि आफूलाई सर्वोच्चसँग शंकामा नै रहेको बताउनुभएको हो । जसका कारण संसद पुनःस्थापना भएपनि वा विघटन भएर चुनाव घोषणा भएपनि मान्ने प्रतिक्रिया दिनुपरेको देउवाको भनाइ छ ।

कार्यक्रममा सभापति देउवाले भन्नुभयो, ‘सुरुमा स्टे अर्डर देला भन्ने लागेको भएपनि स्टे अर्डर नदिए पछि शंकामा रह्यौ, उहाँले भन्नुभयो हामीलाई त चुनाव हुन्छ लागेको थियो । ’‘त्यही भएर पुनःस्थापना र चुनाव जे भए पनि स्वीकार गर्ने बताएको हुँ ।’,उहाँले भन्नुभयो ।