अछाम सेवा समिति नवनिर्मित भवनको उद्घाटन
सुदीप थापा, १२ पुस (धनगढी)
धनगढी उप–महानगरपालिका १ शिवनगरमा निर्माण गरिएको अछाम सेवा समितिको नव निर्मत ‘लाल मुगा” स्मृती भवन तथा १७ औं साधारणसभाको शनिवार उद्घाटन गरिएको छ । भवन उद्घाटन गर्दै धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले विभिन्न जिल्लामा आएर धनगढीमा बस्दै गरेका ब्यक्तिहरुले स्थापना गरेका सेवा समितिहरुबीच समन्वय आवश्यक रहेको बताए । अन्य बिषय भन्दा यस्ता संस्थाहरु मानविय सेवामा केन्द्रित हुनुपर्नेमा नगरप्रमुख वडले जोड दिए ।
साधारणसभा अछाम सेवा समाजका अध्यक्ष कृष्णराज जोशीको अध्यक्षतामा भएको थियो । त्यसक्रममा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।