अछामको साँफेबगर साक्षर नगर घोषणा

अछामको साँफेबगर साक्षर नगर घोषणा

२१ माघ (अछाम)
अछामको साँफेबगर नगरपालिकालाई एक भब्य समारोहकाबीच साक्षर नगरपालिका घोषणा गरिएको छ । नगरभित्रका १५ देखि ६० वर्ष उमेरका ९७ प्रतिशात साक्षर भएपछि साक्षर नगर घोषणा गरिएको हो ।
नगर प्रमुख कुलबहादुर कुँवरको अध्यक्षतामा सञ्चालित घोषणा कार्यक्रममा प्रमुख अतिथी रहेका प्रदेशसभा सदस्य हर्क बहादुर कुँवर गोविन्दले साक्षर पालिका घोषणा गरेका हुन् । उनले त्यसक्रममा साक्षर नागरिकले देश विकासमा ठोस योगदान गर्न सक्ने बताए । अब शैक्षिक गुणस्तर अभिवृद्धिमा केन्द्रित हुनुपर्छ उनले भने ।
कार्यक्रममा जिल्ला समन्वय प्रमुख नरबहादुर कुँवरले जिल्लालाई नै साक्षरर घोषणा गर्न कार्य गर्नुपर्नेमा जेड दिए । यसअघि अछामका ४ पालिकालाई साक्षर घोषणा गरिसकिएको छ । यसअघि चौरपाटी गाउँपालिका, मेल्लख गाउँपालिका, रामारोशन गाउँपालिका र मंगलसैन नगरपालिका साक्षरपालिका घोषणा भईसकेका छन् । साक्षरता घोषणा मुल समितिका संयोजकसमेत रहेका नगर प्रमुख कुँवरले साक्षरताको लागि सम्पुर्ण सुचक पूरा भएकाले नगरलाई साक्षरता पालिका घोषणा गरिएकोे बताए । नेपाल सरकारले साक्षर घोषणा गर्नका लागि जम्मा १२ ओटा सुचक निर्धारण गरेको छ । जसमा ६ ओटा सुचक पुरा गरेमा गाउँ तथा नगर साक्षर घोषणा गर्न सकिने व्यवस्था छ ।

निर्धारित मापदण्डमा साक्षरताको लागि १५ देखि ६० वर्षसम्मको जनसंख्याले राष्ट्रभाष वा मातृभाषका वर्ण÷अक्षरको पढाई लेखाई, नेपाली वा मातृभाषा लेखिएका मुल्यसुची र बीलको पढाई, मोबाइल र क्याल्कुलेटरका अंक चिनेर प्रयोग गर्न सक्ने, ० देखि ९ सम्मका अंक अक्षर लेख्न सक्ने, पढन सक्ने, आफ्नो नाम र परिवारका सदस्यको नाम भन्न र लेख्न सक्ने, घडी हेरेर समय बताउन सक्ने, क्यालेण्डर हेरेर तिथि मिति बताउन सक्ने, वैकं भौचर भराइ र चेकमा हस्ताक्षर लगायतका विभिन्न १२ वटा सुचक रहेका छन् ।
साक्षरपालिका घोषणा कार्यक्रममा जिल्ला विकास समितिका पूर्व सभापति भरत कुमार स्वाँर, नेकपाका जिल्ला कमिटी सचिवालय सदस्य प्रकाश शाह, नेपाली काँग्रेसका नेता धन बहादुर शाही, मंगलसैन नगर प्रमुख पदम बोहरा, चौरपाटी गाउँपालिका उपाध्यक्ष माया कँुवर, प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठ, नेपाल शिक्षक महासघका अध्यक्ष दिपक कँुवर लगायतले बोल्नु भएको थियो ।